काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फेब्रुअरी महिनाका लागि निकालेको नयाँ वरियतामा नेपाल १७१औं स्थानमा यथावत छ । नेपालले कुल ९६८ अंक बटुल्दै सो स्थानमा रहेको हो ।
दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । त्यस्तै भारत १०४औं स्थानमा छ र दक्षिण एसियातर्फ पनि शिर्ष स्थानमा शिर्ष स्थानमा छ । फिफा वरियताको १५५औं स्थानमा रहेको माल्दिभ्स भने दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ ।
त्यस्तै १८६औं स्थानमा रहेको बंगलादेश पनि यथावत नै छ र दक्षिण एीसयातर्फ चौथो स्थानमा छ । १८९औं स्थानमा भुटान छ । र दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यसैगरी २००औं स्थानमा रहेको पाकिस्तान र २०६औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ भने क्रमशः छैटों र सातों स्थानमा छ ।
बेल्जियम शिर्ष स्थानमा छ
फिफाको विश्व वरियतामा बेल्जियम शिर्ष स्थानमा छ । बेल्जियमले कुल १७८० अंक जोडेको छ । दोस्रो स्थानमा भने विश्व च्याम्पियन फ्रान्स रहेको छ । त्यस्तै वरियताको तेस्रो स्थानमा भने ब्राजील छ । युरोपियन च्याम्पियन पोर्चुगल भने विश्व वरियताको पाँचौं स्थानमा रहेको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि