News
युएईमा रारा न्यु ब्वाईजलाई दोस्रो जिसीडी कपको उपाधि
काठमाडौं । जिसीडी रोयल गोर्खा एफसी, दुबई (युएई) को आयोजनामा सम्पन्न दोस्रो जिसीडी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रारा न्यु ब्वाईज फुटबल क्लबले जितेको छ ।
प्रतिस्पर्धात्मक फाइनलमा रारा न्यु ब्वाईजले लमजुङ फुटबल क्लबलाई हराउँदै उपाधिमाथि आफ्जो कब्जा जमाउन सफल भएको हो । विजेता बनेको रारा न्यु ब्वाईजले उपाधिसहित नगद ७ हजार युएई दिराम हात पार्यो भने उपविजेता लमजुङ एफसीले ४ हजार दिरामसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक रारा न्यु ब्वाईजका रोशन गुरुङ बन्दा उत्कृष्ट डिफेन्डर रारा कै सरोज कोइराला चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार लमजुङ एफसीका फिन्जो आले मगरले हात पार्दा लालीगुराँस एफसी फेयर प्ले टिम बन्यो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने