News
जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
काठमाडौं (एजेन्सी) । साँघुरो अन्तरको जितका साथ प्रतिष्ठित एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको उपाधि जापानले जितेको छ ।
शनिबार सिड्नीमा सम्पन्न फाइनलमा जापानले आयोजक अष्ट्रेलियालाई १–० को अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । खेलको १७औं मिनटमा माइका हमानोले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
जापानले समग्रमा तेस्रोपटक यो उपाधि जितेको हो । संयोग कस्तो भन्दा जापानले उपाधि जितेको तीनै फाइनलमा उसले अष्ट्रेलियालाई समान १–० को अन्तरले हराएको थियो । जापानले अन्तिमपटक यो उपाधि सन् २०१८ मा जितेको थियो ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट
- एएफसी महिला एसियन कपः क्वाटरफाइनल समिकरण पूरा