काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले जित हात पार्दै आ–आफ्नो खातामा महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दिनको पहिलो खेलमा मनाङले चित्लाङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोडेको हो । मनाङको जितमा शेरभ तामाङ र सुमित मल्लले गोल गरे ।
यो जितपछि लिगमा १० खेल खेलेको मनाङको खातामा १२ अंक छ । उता पराजित चित्लाङको खातामा भने ७ अंक रहेको छ ।
त्यस्तै मंगलबार नै सम्पन्न भएको दोस्रो खेलमा मच्छिन्द्रले जन जागृति युवा क्लबलाई ४–० को उत्कृष्ट अन्तरले हराउँदै खातामा तीन अंक जोड्यो । मच्छिन्द्रका लागि जोनाथनले ह्याट्रिक गर्दा अर्को एक गोल रेजिन सुब्बाले गरे ।
यो जितपछि ९ खेलबाट २१ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा छ । पराजित नव जनजागृति भने अझै अंकविहीनका रुपमा संघर्षरत छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”