काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो मुख्यालयमा लगाइएको तालाबन्दी खोल्न नेपाल फुटबल खेलाडी संघलाई अनुरोध गरेको छ ।
स्मरण रहोस, एन्फा कै भातृ संस्थाका रुपमा रहेको नेपाल फुटबल खेलाडी संघले विभिन्न मागहरु राख्दै आइतबार सातदोबाटो स्थित एन्फाको मुख्यालयमा तालाबन्दी गरेको थियो । खेलाडी संघले ए डिभिजन लिग सञ्चालन गर्न, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्न तथा खेलाडीहरुले पाउनुपर्ने तलब भत्ता लगायतका आर्थिकसुविधा उपलब्ध गराउन मागसहित तालाबन्दी गरेको थियो ।
सोहीबारे एन्फाले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै खेलाडी संघले गरेको तालाबन्दीप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । “कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रुपमा गरिएको तालाबन्दीप्रति एन्फाको गम्भिर ध्यानाकार्षण भएको छ ।” जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एन्फाका अनुसार ए डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा, सहभागी क्लब र खेलाडी संघबीच संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको तथा राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए डिभिजन लिग आयोजना गर्न आफूहरु प्रतिवद्ध रहेको समेत एन्फाले जनाएको छ । साथै सोही बमोजिम कायहरु पनि भइरहेकाले खेलाडी संघको तालाबन्दीले दैनिक प्रशासनिक कामहरु अवरुद्ध भई लिग आयोजनाका लागि आवश्यक कार्यहरु कार्यान्वयन गर्न समस्या पुग्ने समेत बताएको छ ।
त्यस्तै पत्रमा एन्प्mाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलको टिकटबाट उठेको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्न संघ प्रतिवद्ध रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी वर्तमान कार्यसमितिले घोषित गरेको पुरस्कार रकम पूर्ण रुपमा भुक्तानी गरिसकिएको पनि एन्फाले विज्ञप्तीमा उल्लेख गरेको छ । साथै विभिन्न कार्यसमितिले निर्णय गरी भुक्तान गर्न बाँकी रहेको रकमहरु आन्तरिक स्रोतको उपलब्धतासँगै भुक्तानी गर्दै जाने पनि एन्फाले जनाएको छ ।
विज्ञप्तीमा एन्फाले तालाबन्दी गर्नु विरोधाभाषपूर्ण रहेको बताएको छ । तालाबन्दी गर्दा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय फुटबल गतिविधीहरुमा पनि प्रत्यक्ष असर पार्ने एन्फाले जनाएको छ । “संस्थाको कर्तव्य, दायित्व भन्दा बाहिर गई अनुशासनहिन, अराजक गतिविधि तत्काल रोक्न र उल्लेखित तीन बुँदा कार्यान्यनतर्फ संघ सधै प्रतिवद्ध रहेको हुँदा नेपाल फुटबल खेलाडी संघद्वारा लगाइएको तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई आह्वान गर्दछौं ।” विज्ञप्तीमा लेखिएको छ ।
साथै पत्रको अन्तिमतिर एन्फा सार्वजनिक संस्था भएकोले संघको भौतिक संरचनाको सुरक्षा र दैनिक गतिविधी सञ्चालनमा शान्ति सुरक्षा कायम गरिदिन नेपाल सरकार र सुरक्षा निकायसँग अपिल समेत गरिएको छ ।
हेर्नुहोस एन्फाको विज्ञप्तीः

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान