News
११औं भलुवा गोल्ड कप २०८२ : मेमोरी युवा क्लबको विजयी सुरुआत
भलुवा । ११औं भलुवा गोल्ड कप २०८२ अन्तर्गत आयोजक श्री गोल्डेन स्टार युथ क्लव द्वारा सञ्चालित प्रतियोगिताको आजको उद्घाटन खेलमा सलहेस युवा क्लव र मेमोरी युवा क्लब बीच रोमाञ्चक प्रतिस्पर्धा भएको छ। प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ३०औं मिनेटमा सलहेस युवा क्लवका जर्सी नं. १५ का Anicet ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर ३५औं मिनेटमा मेमोरी युवा क्लबका जर्सी नं. १२ का श्याम मुर्मु ले बराबरी गोल फर्काए।
त्यसको केही समयमै ३८औं मिनेटमा मेमोरी युवा क्लबका जर्सी नं. १३ का हेमन्त लिम्बू ले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई २–१ को जित दिलाए।
खेलको उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) श्याम मुर्मु घोषित भए। उनले नगद रु. ५,००० पुरस्कार प्राप्त गरे।
Post Comments