काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। मंगलबार उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री अर्जुन प्रसाद कोइराला र माननीय न्यायाधीश श्री अच्युत कुइकेलको संयुक्त इजलासले एन्फा निर्वाचन सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै निर्वाचन प्रक्रिया सञ्चालन गर्न मार्ग प्रशस्त गरेको हो।
यसअघि पाटन उच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो। साथै, उक्त अवधिसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो। तर मंगलबारकै आदेशसँगै अदालतले निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको छ।
यसअघि निर्वाचन समितिले आजका लागि निर्वाचन मिति निर्धारण गरेको थियो। अदालतको अन्तरिम आदेशका कारण प्रक्रिया रोकिएको भए पनि पछिल्लो निर्णयसँगै अब एन्फाले नयाँ निर्वाचन तालिका सार्वजनिक गर्दै प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”