काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। मंगलबार उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री अर्जुन प्रसाद कोइराला र माननीय न्यायाधीश श्री अच्युत कुइकेलको संयुक्त इजलासले एन्फा निर्वाचन सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै निर्वाचन प्रक्रिया सञ्चालन गर्न मार्ग प्रशस्त गरेको हो।
यसअघि पाटन उच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो। साथै, उक्त अवधिसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो। तर मंगलबारकै आदेशसँगै अदालतले निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुला गरिदिएको छ।
यसअघि निर्वाचन समितिले आजका लागि निर्वाचन मिति निर्धारण गरेको थियो। अदालतको अन्तरिम आदेशका कारण प्रक्रिया रोकिएको भए पनि पछिल्लो निर्णयसँगै अब एन्फाले नयाँ निर्वाचन तालिका सार्वजनिक गर्दै प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)