बिर्तामोड । मोफसल कै प्रतिष्ठित मध्ये एक सातौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता र गोलनेपाल डटकमबीच प्रत्यक्ष प्रसारणबारे सम्झौता भएको छ ।
यही माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा हुन गईरहेको प्रतियोगिताको प्रसारण अधिकार र आधिकारिक मिडिया पार्टनरका रुपमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा गोलनेपालको तर्फबाट गोलनेपालका कोशी प्रदेश प्रमुख रमेश समदर्शी र झापा गोल्डकपको आयोजकका तर्फबाट महासचिव बुद्ध तामाङले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरेका थिए ।
सोही अवसरमा नेपाली फुटबलमा पछिल्लो एक दशक बढी समयदेखि गाउँशहरका हरेक फुटबल खुराक पस्कन सफल गोलनेपालसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित रहेको आयोजक समितिका महासचिव बुद्ध तामाङले बताए । साथै उनले गोलनेपालसँगको सहकार्यले प्रतियोगितालाई थप नयाँ ढंगले उचाईंमा पुग्न टेवा मिल्ने विश्वास व्यक्त गरे ।
उता सोही अवसरमा गोलनेपालका कोशी प्रदेश प्रमुख रमेश समदर्शीले आफूहरुले पाएको जिम्मेवारी गहन रुपमा निर्वाह गरी प्रतियोगितालाई मोफसलदेखि देशविदेशसम्म भव्य बनाउन तथा चुस्त र दुरुस्त रुपमा सम्पन्न गर्न गोलनेपालको टिमले हरतरहको प्रयास गर्ने प्रतिवद्धता जनाए ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा