News
द ओल्ड क्यापिटल माविलाई राष्ट्रिय यु–१३ फुटबल प्रतियोगिताको उपाधि
दलभञ्ज्याङ । द ओसन क्लब, गोरखाको आयोजनामा सम्पन्न यु-१३ अन्तरविद्यालय लिगको उपाधि द ओल्ड क्यापिटल माविले जितेको छ। फाइनल खेलमा लक्ष्मि सामुदायिक शिक्षा सदनलाई ३-२ गोल अन्तरले पराजित गर्दे ओल्ड क्यापिटल विजयी भएको हो।
विजेता टिमले यु-१३ राष्ट्रिय प्रतियोगितामा सहभागीता अबसर साथै नगद रु ७५००, ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टिमले नगद रु ३५०० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यसैगरी छात्रा तर्फ लिग को अन्तिम खेलमा द ओल्ड क्यापिटल मा वि सग २-२ को बराबरी खेल्दै महालक्ष्मी मा वि विजेता हुन सफल भएको छ। डबल राउन्ड रोबिनको आधारमा भएको छात्रा लिगमा १७ अङक सहित महालक्ष्मी विजेता भयो भने १० अङक सहित ओल्ड क्यापिटल मा वि उप विजेता भएको छ। छात्रा तर्फ विजेता र उप विजेता टिमलाई शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको छ।
समापन तथा पुरस्कार वितरण कार्यक्रम गोरखा नगरपालिका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Post Comments
Related News
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन