लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकप अन्तर्गत आइतबार आयोजक जिवेश्वर युवा क्लबले गोलबजार स्पोर्ट्स क्लब सिराहासँग प्रतिस्पर्धा गरेको छ।
आइतबार सम्पन्न उक्त खेलमा घरेलु टोली जीवेश्वर युवा क्लबले पाहुना टोली गोलबजार स्पोर्ट्स क्लबलाई एक शुन्यको साँघुरो नतिजामा पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो। घरेलु मैदानमा आयोजकले सिराहालाई पराजित गर्ने क्रममा खेलको ३७ औं मिनेटमा आशिष श्रेष्ठको क्रसबललाई सुजन स्याङतानले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपश्चात भने बाँकी समय दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा सुजनको गोल नै निर्णायक गोल बनेको थियो।
निर्धारित समयभर प्रभावशाली खेल प्रदर्शन गरेका आयोजकका गोलरक्षक अरुन ब्लोन म्यान अफ द म्याच बन्दै नगद रु. २५०० सहित ट्रफि प्राप्त गरेका छन।
सोमबार प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनल खेल मकवानपुर फुटबल क्लब हेटौडा र वेङ्ग्खाडी युवा क्लब महोत्तरी दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन्।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा