काठमाडौं । नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोली र चीनको युनान युथ महिला फुटबल टोलीबीच यही जनवरी ३१ (माघ १७) गते हुने मैत्रीपूर्ण खेलको आवश्यक तयारी पूरा भएको छ ।
चिनीया नयाँ वर्षको अवसर पारी अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजनामा हुन गईरहेको सो मैत्रीपूर्ण खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुने जानकारी समेत गराइयो ।
नेपाल स्थित चिनिया राजदुतावास र राष्ट्रिय खेलकुद परिषद (राखेप) को समन्वयमा हुने उक्त खेल अघि नेपाल र चीनको विभिन्न साँस्कृतिक विविधता झल्काउने साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने एन्फाले जनाएको छ ।
साथै यो खेलले नेपाली यु–२० महिला फुटबल टोलीको तयारी र अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा समेत गरिएको छ । त्यसबाहेक उक्त खेलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक वातावरण सृजना गर्नुका साथै महिला फुटबलको समग्र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास समेत लिइएको छ ।
स्मरण रहोस, राष्ट्रिय यु–२० महिला फुटबल टोलीले हाल युनान युथ टोलीसँगको खेलका लागि तयारी गरिरहेको छ । साथै नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनुभवी प्रशिक्षक मध्ये एक याम प्रसाद गुरुङ रहेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)