News आयोजक योङ स्टार चौथो ल्होछार कपको सेमिफाइनलमा
गोलनेपाल

निजगढ । उत्कृष्ट जित हात पार्दै आयोजक योङ स्टार युनाइटेड क्लब बारामा जारी चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ योङ स्टारले हरिपुर युनाइटेड क्लबलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । योङ स्टारका लागि अभिषेक लामाले दुई गोल गर्दा अर्को एक गोल सागर चौधरीले गरे । खेलमा योङ स्टार कै सेम्बा दोर्जी लामा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ १२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल निजगढ फुटबल क्लब, बारा र युनाइटेड युवा क्लब, महोत्तरी बीच हुने आयोजकले जानकारी दियो ।

योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,००५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १७ गतेका दिन हुनेछ ।

 

Post Comments