बुइपा । प्रथम प्रभुराम राई आमन्त्रित कप फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा खोटाङ फुटबल एकेडेमीलाइ ४:० गोलको फराकिलो अन्तरले हराउदै खरम्बु स्पोर्ट्स क्लब खार्मि क्वाटरफाइनलमा प्रबेस गरेको छ । खरम्बुको लागि जर्सि न१० को बिशाल मगरले २ गोल भुवन श्रेष्ठ र सौजन राइले सम्मान एक एक गोल गरेका थिए ।
खरम्बु क्वाटरफाइनलमा प्रबेस गरेको छ । भोलि केपिलासगडि सग सेमिफाइनल प्रबेसको लागि खेल्नेछ । खेलको प्लयेर अफ द म्याच बिशाल मगर भए ।
आजै भएको दोस्रो खेलमा नेर्पा स्पोर्ट्स क्लबले सुनसरीको सिजना युथ क्लब धरानलाइ ३:० गोल अन्तरले हराउदै नेर्पा स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रबेस गरेको हो । नेर्पाको जितमा बिक्कि चाम्लिङ राइले हाटिक गरे । खेलको प्लयेर अफ द म्याच पनि बिक्कि चाम्लिङ राई चुनिए ।
आजै सम्पन्न तेस्रो खेलमा रणभुमि गण मुडेलाइ २:० गोल अन्तरले हराउदै गछिया युवा समाज सेमिफाइनलमा प्रवेश गरेको छ । गछियाको लागि मिक्सन दासले दुबै गोल गरे । खेलको प्लयेर अफ द म्याच पनि मिक्सन दास भए ।
प्रतियोगिता अन्तर्गत माघ ९ गते शुक्रबार दुइ खेल हुनेछ्न । भोलिको खेल बुइपा ११ स्पोर्ट्स क्लब भर्सेस मानेभञ्ज्याङ फुटबल क्लब ओखलढुंगा बिच हुनेछ ।
बुइपा–११ स्पोर्टस क्लब, खोटाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ११ गतेका दिन हुनेछ ।