News
मर्दिखोला युनाइटेड सेमिफाइनलमा
माडी । मर्दिखोला युनाइटेड, पर्वत यहाँ जारी २७औं माडी गोल्डकप राष्ट्रिय यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
बुधबार भएको चौथो तथा अन्तिम क्वाटरफायनलमा मर्दिखोलाले अभिषेक चर्च एफसी, रजहरलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा मर्दिखोला ३–१ ले विजयी बन्यो । खेलमा मर्दिखोलाका गोलरक्षक बिजन बस्याल म्यान अफ दि म्याच चुनिए ।
बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल