काठमाडौं । राखेप र अदालतको आदेशलाई थन्काएर चुनावी माहोलमा व्यस्त रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय अध्यक्ष पदका लागि एन्फा कै उपाध्यक्ष समेत रहेका दिर्घ बहादुर केसी (कुमार) ले पनि उम्मेदवारी दिने भएका छन् ।
केसीले संस्थापन इतर पक्षबाट चुनावमा जाने तयारी गरेका हुन् । यसअघि संस्थापत इतर पक्षबाट कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिने भनिए तापनि अदालती आदेशपछि उनले केसीलाई समर्थन गर्दै अघि सारेको बताइएको छ ।
एन्फा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका केसीले शुक्रबार नै मनोनयन फारम बुझेको समेत बताइएको छ । एन्फाको निर्वाचन तालिका अनुसार माघ ३ गते शनिबार मनोनयन दर्ता गरिने कार्यक्रम रहेको छ ।
उता पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै माघ ६ गते एन्फालाई छलफलका लागि बोलाएका छ । साथै उक्त मितिसम्म कुनै गतिविधि नगर्न समेत अदालतले जनाएको छ । तर, एन्फाले भने अझै चुनावी गतिविधीलाई भने सुचारु राखेको छ ।
त्यसो त राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि सबै प्रक्रिया पूराएर मात्रै चुनाव गर्न पत्राचार गरे तापनि एन्फा पक्ष तोकिएकै मितिमा अली इलेक्शन गर्ने योजनामा छ । साथै उक्त निर्वाचन यही माघ २८ गते हुने कार्यक्रम समेत रहेको छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”