काठमाडौं । राखेप र अदालतको आदेशलाई थन्काएर चुनावी माहोलमा व्यस्त रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय अध्यक्ष पदका लागि एन्फा कै उपाध्यक्ष समेत रहेका दिर्घ बहादुर केसी (कुमार) ले पनि उम्मेदवारी दिने भएका छन् ।
केसीले संस्थापन इतर पक्षबाट चुनावमा जाने तयारी गरेका हुन् । यसअघि संस्थापत इतर पक्षबाट कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिने भनिए तापनि अदालती आदेशपछि उनले केसीलाई समर्थन गर्दै अघि सारेको बताइएको छ ।
एन्फा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका केसीले शुक्रबार नै मनोनयन फारम बुझेको समेत बताइएको छ । एन्फाको निर्वाचन तालिका अनुसार माघ ३ गते शनिबार मनोनयन दर्ता गरिने कार्यक्रम रहेको छ ।
उता पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै माघ ६ गते एन्फालाई छलफलका लागि बोलाएका छ । साथै उक्त मितिसम्म कुनै गतिविधि नगर्न समेत अदालतले जनाएको छ । तर, एन्फाले भने अझै चुनावी गतिविधीलाई भने सुचारु राखेको छ ।
त्यसो त राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि सबै प्रक्रिया पूराएर मात्रै चुनाव गर्न पत्राचार गरे तापनि एन्फा पक्ष तोकिएकै मितिमा अली इलेक्शन गर्ने योजनामा छ । साथै उक्त निर्वाचन यही माघ २८ गते हुने कार्यक्रम समेत रहेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)