News विजयी शुरुवातका साथ आयोजक जुडी सेमिफाइनलमा
गोलनेपाल

रामधुनी । दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा जित हात पार्दै आयोजक जुडी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

कुमरखत सामुदायिक वनको खेलमैदानमा भएको खेलमा जुडीले बुढासुब्बा युथ क्लबलाई १–० ले हराउँदै विजयी शुरुवातका साथ सेमिफाइनलमा समेत स्थान सुरक्षित गरेको हो । जुडीको जितमा पुजन चौधरीले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि पुजन नै चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ३ गते शनिबारको खेल धरान स्र्पोटिङ क्लब र डाँगीहाट फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

 

Post Comments