News रानीबगिया चौथो रुद्रपुर कपको फाइनलमा
सुरज राना मगर

रुद्रपुर । रानीबगिया फुटबल क्लब, सैनामैना रुपन्देहीमा जारी चौथो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा रानीबगियाले समपुर्ण युवा क्लब, सुपौलीलाई ३–१ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रानीबगियाको जितमा निराजन खत्री, दर्शन बिक र सन्दिप थारुले गोल गरे । उता पराजित समपूर्णका लागि भने कप्तान दिनेश गुरुङले एक मात्र गोल फर्काएका थिए । खेलमा रानीबगियाका निराजन खत्री म्यान अफ दि म्याच चुनिए ।

अब रानीबगियाले माघ १ गतेका दिन हुने फाइनलमा अर्को बलियो प्रत्याशी फर्साटिकर युवा क्लब, फर्साटिकरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

द्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments