
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाल चर्चित हिरो इण्डियन लिग (आइ लिग) मा एजवाल एफसीबाट खेल्ने भएका छन् ।
अभिषेकले सो कुराको पुष्टी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत गरेका छ्न । स्मरण रहोस, यसअघि अभिषेकले मोहम्मद स्र्पोटिङ क्लबका लागि गत सिजन आइ लिग सेकेण्ड डिभिजन खेलेका थिए ।
साथै मोहम्मदनलाई आई लिगमा बढुवा गराउन अभिषेकले पनि महत्वपूर्ण भूमिका खेलेका थिए । अभिषेकका अनुसार यस सिजनको बाँकी खेलहरुका लागि उनी एजवालमा आवद्ध भएका हुन् ।
जारी आइ लिगमा ५ खेलबाट ८ अंक जोडेको एजवाल लिगतालिकाको पाँचौं स्थानमा छ । शिर्ष स्थानमा ६ खेलबाट १२ अंक जोडेको चर्चिल ब्रदर्श रहेको छ ।
आइ लिग खेल्ने अभिषेक तेस्रो नेपाली खेलाडी
जारी आइ लिग खेल्ने अभिषेक रिजाल तेस्रो नेपाली फुटबल खेलाडी बनेका छन् । यसअघि हालै प्रकाश बुढाथोकी पनि मणिपुरे क्लब नेरोकामा आवद्ध भएका थिए । त्यस्तै नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ राउण्डग्लास पञ्जाब एफसीमा आवद्ध छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै