
काठमाडौं । रोजगारीको सिलसिलामा युएईमा रहेका आप्रवासी नेपाली समुदायहरुबीच भाईचारा र स्वस्थ्य मनोरञ्जनका लागि गोर्खाली कप दुई दिने फुटबल प्रतियोगिता हुने भएको छ ।
युएई मै रहेका नेपाली समुदायहरुले स्थापना गरेको युथ स्र्पोटिङ फुटबल क्लब, दुबईको आयोजनामा यहि फेब्रुअरी २६ र ५ मार्चका दिन गरि दुई दिने फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
दुबई स्थित डुल्स्को स्पोर्टस कम्प्लेक्समा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ सय युएई दिराम हात पार्नेछ भने उपविजेताले २६ सय दिराम प्राप्त गर्ने प्रतियोगिता संयोजकद्वय रबिन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा १२ टोलीहरुले सहभागिता जनाउने अनुमान गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष शेर बहादुर रानाले बताए ।
वैदेशिक रोजगारमा रहेका नेपाली समुदायहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने आयोजकले स्पष्ट पारेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि दिम दर्ता शुल्क ११ सय दिराम तोकिएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै