फर्साटिकर । सहज जितका साथ झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झरनाले चाँदनी युवा क्लब, दानापुरलाई ४–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । झरनाको जितमा चारै गोल सुरज चौधरीले गर्दै ह्याट्रिक समेत पूरा गरे । खेलमा चार गोल गरेका झरनाका सुरज चौधरी नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत पुष २१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल पाहुना टोली कपिलवस्तु–११ र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवलबीच हुने खेल संयोजक रवि खड्काले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने