News
एन्फा यु–१६ लिगः शेर्पासँग संकटा निराश
काठमाडौं । एन्फा यु–१६ युथ लिगतर्फ आइतबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले रोमाञ्चक जित हात पारेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा शेर्पाले संकटा फुटबल क्लबलाई २–१ ले हरायो ।
शेर्पाको जितमा जेनिल सुब्बा र महेश राईले गोल गरे । उता पराजित संकटाका लागि भने पेम्बा तामाङले गोल गरेका थिए । खेलमा शेर्पाका उत्सव खड्का प्लेयर अफ दि म्याच चुनिए ।
यो जितपछि २६ खेलबाट ३२ अंक जोडेको शेर्पा लिगतालिकाको नवौं स्थानमा कायम छ । पराजित संकटा ४७ अंकका साथ अंकतालिकाको छैठौं स्थानमा रहेको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा