काठमाडौ (एजेन्सी) । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले टिडिम रोड एथलेटिक युनियन एफसी (ट्राउ) लाई सिजनको पहिलो हार चखाएको छ ।
बिहीबार कल्याणी स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले ट्राउलाई २–० ले निराश तुल्याएको हो । पञ्जाबको जितमा भुटानी स्टार चेन्चो ग्याल्सेनले ४२ र ६४औं मिनटमा दुवै गोल गरे ।
यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको पञ्जाब लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर चर्चिल ब्रदर्श भन्दा ४ अंकले पछाडी छ । उता पराजित ट्राउ भने ७ अंकका साथ सातौं स्थानमा छ ।
पञ्जाबले आफ्नो आगामी खेल आउँदो मंगलबार फेब्रुअरी ९ तारीखका दिन इण्डियन एरोजसँग खेल्नेछ ।
Chencho Gyeltshen's brace helps @RGPunjabFC break @officialtraufc unbeaten run
— Hero I-League (@ILeagueOfficial) February 4, 2021
Match Report 👉 https://t.co/vSiWRMdlAn#TRAURGP ⚔️ #LeagueForAll 🤝 #IndianFootball ⚽ #HeroILeague 🏆 pic.twitter.com/Q15H4K8Rbm
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न