News फराकिलो जितका साथ देवदह ब्वाईज क्वाटरफाइनलमा
सुरज राना मगर

भलुही । एकतर्फी जित हात पार्दै देवदह ब्वाईज रुपन्देहीमा जारी संघार कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले सिद्धार्थ फुटबल क्लबलाई ९–० ले हरायो । देवदहको जितमा आसमान थापा एक्लैले पाँच गोल गर्दा सुजल चिदी र प्रेम थापाले समान दुई–दुई गोल गरे ।

खेलमा प्रतियोगिता कै पहिलो ह्याट्रिकसहित पाँच गोल गरेका देवदहका आसमान थापा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर २९ गते सोमबारको खेल समपुर्ण युवा क्लब र मनोभाव फुटबल क्लबबीच हुने खेल संयोजक दिपक खत्रीले जानकारी दिए ।

संघार समुह, भलुही, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने पुष ९ गतेका दिन हुनेछ ।

Post Comments