News आयोजक नव संघर्षशीललाई फाइनल पुर्याउन मिलनको निर्णायक गोल
गोलनेपाल

हरिपुर । आयोजक श्री नव संघर्षशील युवा क्लब सर्लाहीमा जार प्रथम हरिपुर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलतर्फ नव संघर्षशीलले बिरगंज युनाइटेडलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । नव संघर्षशीलको जितमा मिलन चाम्लिङ राईले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता नव संघर्षशीलका मिलन चाम्लिङ राई नै खेलको म्यान अफ दि म्याच चुनिए । अब नव संघर्षशीलले पुष १ गते हुने फाइनलमा टिएसपी एफसी, धनुषासँग उपाधिका लागि भिड्नेछ ।

नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

Post Comments