News टिएसपि धनुषा सेमिफाइनलमा
गोलनेपाल

हरिपुर । प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा ब्रदर युथ क्लब दुधौलिलाइ ५:१ ले हराउदै टिएसपि धनुषा सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको खेलमा टिएसपि को लागि अशिम भुजेल, सुदिप मगरले समान २:२ गोल गरेका थिए भने एक गोल सङगम मगरले गरेका थिए । उता पराजित टोलि ब्रदर युथ क्लबको लागि मनिस दनुवारले एक गोल फर्काएका थिए । खेलको प्लेयर अफ दि म्याच अशिम भुजेल भएका थिए ।

नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

फाइनल खेल पौष १ गतेका दिन हुनेछ । 

Post Comments