News
प्रथम हरिपुर गोल्डकपमा बिरगंज युनाइटेडलाई सफलता
हरिपुर । प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिताको आज भएको खेलमा बिरगंज युनाइटेड बिजयि भएको छ । बिरगंज युनाइटेड ले कटारी टाइगरलाइ पेनाल्टी सुट आउट मा ४:२ ले हराउदै दोस्रो चरण प्रवेश गरेको छ ।
त्यसअघि भएको खेलमा बिरगंज युनाइटेडको लागि जर्सि न ११ का साजन गौतमले गोल गरेका थिए । उता कटारिको लागि जर्सि न ७ का दिकेश लामाले पाएको पेनाल्टीमा बराबरी गोल फर्काएका थिए । खेलको प्लयेर अफ द म्याच बिरगजका दिलमणि चौधरी भए ।
नव संघर्षशील युवा क्लब, हरिपुर नगरपालिका–२, सानो जगतपुर, सर्लाहीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
फाइनल खेल पौष १ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न