News कञ्चनपुर: अरनिको सैनिक कप २०८२ मंसिर २८ बाट सुरु हुने, तयारी पूरा
गोलनेपाल

युवा सशक्तिकरण, अनुशासन र देश विकासलाई खेलकुदमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित अरनिको युवा क्लब, कञ्चनपुरले आयोजना गर्न लागेको अरनिको सैनिक कप २०८२ खुल्ला फुटबल प्रतियोगिता मंसिर २८ गतेदेखि सुरु हुने भएको छ।

आयोजक क्लबका अनुसार, “देश विकास, अनुशासन र गतिशीलतामा युवा सशक्तिकरणका लागि खेल” भन्ने मूल नारासहित प्रतियोगिता संचालन गर्न लागिएको हो। अरनिको खेलकुद विकास समितिको सामूहिक निर्णयअनुसार प्रतियोगितामा GoalNepal.com लाई सहकार्य र प्रचार–प्रसारका लागि औपचारिक रूपमा समावेश गरिएको क्लबले जनाएको छ।

ईन्ट्री र टिम दर्ताका विवरण

  • टिम दर्ता अन्तिम मिति: २०८२ मंसिर २७ गते साँझ ४ बजे

  • ईन्ट्री शुल्क: रु ११,००० (५० प्रतिशत अग्रिम अनिवार्य)

  • खेलाडी संख्या: १६ जना

  • टाईसिट वितरण: मंसिर २८ गते साँझ

  • ईन्ट्री स्थान: अरनिको खेलमैदान, कञ्चनपुर (फोनमार्फत दर्ता मान्य हुँदैन)

प्रतियोगिता स्थल

  • अरनिको युवा क्लबको खेलमैदान

  • श्री अरनिको नमुना माध्यमिक विद्यालयको खुल्ला मैदान

पुरस्कार राशी

  • प्रथम पुरस्कार: रु २,६१,००० सहित शानदार कप, मेडल र प्रमाणपत्र

  • द्वितीय पुरस्कार: रु १,२६,००० सहित शानदार कप, मेडल र प्रमाणपत्र

 

Post Comments