News भारत एएफसी यु–१७ एसियन कपका लागि छनौट
गोलनेपाल

काठमाडौं । छिमेकी राष्ट्र भारत अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कप फुटबल प्रतियोगिताका लागि छनौट भएको छ । दक्षिण एसियाबाट एएफसी यु–१७ एसियन कपमा छनौट हुने भारत एक्लो टोली समेत बनेको छ ।

समूह डी मा रहेको भारतले अन्तिम तथा निर्णायक खेलमा बलियो इरानलाई २–१ ले हराउँदै युथ एसियन कपमा छनौट हुन सफल भयो । समूह डी मा ४ खेलबाट समान ७–७ अंक जोडे तापनि गोल भिन्नताका आधारमा भारतले इरानलाई पछि पार्यो ।

त्यो नतिजासँगै समूह डी बाट इरानसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेको लेबनान, ५ अंकसहित चौथो स्थानमा रहेको प्योलस्टाइन र १ अंकका साथ पुछारमा रहेको चाइनिज ताइपेई समूह चरणबाट बाहिरिएका छन् ।

स्मरण रहोस, भारतले अब सन् २०२६ को ७ देखि २४ मईसम्म साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपमा सहभागिता जनाउने छ । जहाँ कुल १६ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

Post Comments