भवानीपुर । शनिबारदेखि शुरु भएको ४४औं जनचेतना रनिङ शिल्ड फुटबल प्रतियोगितामा अल्टोकी क्लब, रौतहटले विजयी शुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेल तथा पहिलो क्वाटरफाइनलमा अल्टोकीले गाईघाट फुटबल क्लब, उदयपुरलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजयी शुरुवातका साथ अन्तिम चारमा स्थान बनाएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । जनचेतना माविको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ अल्टोकीका लागि भरत चौधरीले गोल गरेका थिए भने गाईघाटका लागि मन्दिप ढुंगेलले गरेका थिए ।
खेलमा अल्टोकीका बिनायक चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत कार्तिक ९ गते आइतबारको दोस्रो सेमिफाइनल खेल बिवाइसी बर्दिवास र प्रोग्रेसिभ युवा क्लब, सप्तरी बीच हुने आयोजकले जानकारी दियो ।
महुली ११ स्पोर्टस क्लब, घोघिदाहा भवानीपुर, सप्तरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक १६ गतेका दिन हुनेछ ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा