News
झापा महिला गोल्डकपको मुख्य प्रायोजक बन्यो एलभीडी
झापा — नेपालमा लोकप्रिय डेनिम जिन्स ब्रान्ड एलभीडी (LVD) आगामी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ।
प्रतियोगिता संयोजन समितिका अध्यक्ष सन्तोष थोप्राले प्रायोजन सम्झौताबारे पुष्टि गरेका छन्।
नेपाल र भारतका आठ टिमको सहभागिता रहने यस प्रतिष्ठित प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्, जुन हालसम्मको महिलातर्फको सबैभन्दा ठूलो पुरस्कार राशी हो।
प्रतियोगिता कात्तिक १५ गतेदेखि झापाको दुधे रंगशालामा सुरु हुनेछ।
Post Comments