News एफसी रियलेलाई कागे च्यारिटी फुटबल प्रतियोगितीको उपाधि
गोलनेपाल

सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जमुना फुटबल क्लबको आयोजनामा सम्पन्न कागे च्यारिटि पुरूष फुटबल प्रतियोगिताको उपाधि एफसी रियले हात पारेको छ।

बुधबार गजाधर धनमाया स्मृती रंगशालाको 7 A Side मैदानमा सम्पन्न फाइनलमा हॅागेथाम एफसीलाई पेनाल्टि सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै रियलेले उपाधि जितेको हो। खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।

उपाधिसंगै एफसी रियलेले ५० हजार सहित ट्रफि र उपविजेता हॅागेथामले ३० हजार सहित ट्रफि प्राप्त गरे।

Post Comments