पैयुँ । मर्दिखोला युनाइटेड, पैयुँ–४, मर्दिखोला, पर्वतको आयोजनामा जारी पैयुँ पर्वत गोल्डकप यु–१८ फुटबल प्रतियोगितामा बिहीबार चार खेलहरु सम्पन्न भएका छन् ।
मर्दिखोला खेलमैदानमा भएको पहिलो खेलमा लप्पो एफसीले आरकेएफसीलाई ३–२ ले हरायो । लप्पोको जितमा संगम गुरुङ, सन्देश तामाङ र अरबिन परियारले गोल गरे । उता आरकेएफसीका लागि दुवै गोल सुमित पुलामीले गरे । खेलमा लप्पो एफसीका सन्देश तामाङ म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा आयोजक मर्दिखोला युनाइटेडले मकवानपुरमाथि १–० को जित हात पार्यो । मर्दिखोलका लागि सञ्जय हिताङले एक मात्र निर्णायक गोल गरे । खेलमा मर्दिखोलाका निर्णायक गोलकर्ता सञ्जय हिताङ नै म्यान अफ दि म्याच चुनिए ।
तेस्रो खेलमा होराईजन एफसीले एससीबिएसलाई १–० को साँघुरो अन्तरले हरायो । होराईजनका लागि परमित गन्धर्वले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच परमित गन्धर्व नै चुनिए ।
दिनको चौथो तथा अन्तिम खेलमा एबीसी काठमाडौंले कट्माचायै ब्रदर्श, कुश्मालाई समान १–० कै अन्तरले पराजित गर्यो । एबीसीका लागि कुलदेव तितुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता कुलदेव तितुङ नै खेलको म्यान अफ दि म्याच बने ।
पैयुँ गाउँपालिका, पवर्तको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- अनुशासित ब्वाईज क्लब (एबीसी) र आयोजक मर्दिखोला युनाइटेड फाइनलमा
- पैयुँ पर्वत युथ गोल्डकपः लप्पो, होराइजन, मर्दिखोला युनाइटेड (सेतो) र एबीसी सेमिफाइनलमा
- आयोजक मर्दिखोला युनाइटेडलाई राष्ट्रिय युथ फुटबल प्रतियोगिताको उपाधि
- प्रथम पैयुँ गोल्डकप यु–१६ फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)
- प्रथम पयुँ पर्वत गोल्डकप यु–१६ फुटबल प्रतियोगिता हुने