News नेपाली टोली सोमबार भियतनामतर्फ प्रस्थान गर्दै
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौट प्रतियोगिताका आगामी खेलहरु खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल टोली सोमबार भियतनामतर्फ प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको विदाई कार्यक्रम पनि यही असोज २० गते सोमबार राखिएको जानकारी गराएको छ ।

स्मरण रहोस, एसियन कप छनौटतर्फ समूह एफमा रहेको नेपालले अक्टुबर ९ र १४ तारीखका दिन आफ्नो होम एण्ड अवे म्याच भियतनाममा खेल्ने कार्यक्रम छ । समूह एफमा नेपाल र भियतनाम बाहेक लाओस र मलेसिया पनि छन् । समूह चरणतर्फ दुई खेल खेलिसकेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो ।

एएफसी नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्न अयोग्य रहेको ठहर गरेपछि नेपालले आफ्नो घरेलु म्याच पनि विदेशमा खेल्न बाध्य भएको हो ।

Post Comments