काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारीक घराना खेतान समूहका सदस्य हाल गैरआवासीय नेपाली चन्द्रप्रकाश (सिपी) खेतानले विदेशी फुटबल क्लबमा लगानी गरेका छन् ।
हाल सिंगापुरलाई कर्मथलो बनाएर वैदेशिक व्यापारमा व्यस्त चन्द्रप्रकाशले स्वीजरल्याण्डको तेस्रो डिभिजनको टोली एफसी साफहाउजेनमा लगानी गरेका हुन् ।
स्वीस सञ्चारमाध्यमहरुका अनुसार खेतानले सिंगापुरको लोटस वान इन्भेष्टमेन्ट मार्फत क्लबमा लगानी गरेका हुन् । खेतानको लगानीसँगै ऋणमा रहेको साफहाउजेनले ऋण समेत चुक्ता गरेको बताइएको छ ।
यद्यपि खेतानले क्लबमा कति रकम लगानी गरेका हुन्, सो खुलाइएको छैन । तर क्लबका अध्यक्ष मार्टिन फ्रिकका अनुसार नयाँ लगानीकर्ताले क्लबमा कम्तिमा १० मिलियन स्वीस फ्र्यान्क लगानी गरेको बताइएको छ । जुन नेपालीमा करिब १ अरब ७८ करोड रुपैयाँ हुन आउँछ ।
यो लगानीसँगै क्लबमा खेतान मुख्य लगानीकर्ता समेत बनेका छन् । साथै क्लबले आगामी पाँच वर्ष भित्र स्वीजरल्याण्डको शिर्ष लिग (सुपर लिग) मा खेल्ने लक्ष्य समेत लिएको छ ।
स्मरण रहोस, चन्द्रप्काश (सिपी) खेतानका पिता नेपालका चर्चित व्यवसायी मोहनगोपाल खेतान हुन् भने उनका दाजु राजेन्द्र खेता पनि नेपालका प्रतिष्ठित व्यवसायीका रुपमा परिचित छन् ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने