काठमाडौं । आयोजक नाइन स्टार फुटबल क्लब (निलो) र सिएफसी (रातो) कतारको दोहामा जारी प्रथम नाइन स्टार कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ नाइन स्टारले सिएफसी (निलो) लाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेलबाट नतिजा निस्किन नसकेपछि टाईब्रेकरमा आयोजक नाइन स्टार विजयी बनेको हो । खेलमा नाइन स्टार कै बिजय गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै अर्को सेमिफाइनलमा सिएफसी (रातो) ले न्यु स्टार फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गर्यो । सिएफसी (रातो) का लागि दिपेन मगर र बिबश राईले गोल गरे । उता पराजित न्यु स्टारका लागि भने सन्जिव श्रेष्ठले एक मात्र गोल फर्काएका थिए । खेलमा सिएफसी (रातो)का दिपेन मगर म्यान अफ दि म्याच चुनिए ।
अब अक्टुरब ३ तारीखका दिन हुने फाइनलमा आयोजक नाइन स्टार फुटबल क्लब (निलो) र सिएफसी (रातो) उपाधिका लागि भिड्ने छन् । नाइन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियाल प्राप्त गर्ने खेल संयोजक प्रविन राईले जानकारी दिए ।प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति, दोहा, कतारले गरेको छ ।