News
पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कपः चुलाचुली सेमिफाइनलमा
सुकचर । झापा दमकको चुलाचुली स्पोटिङ क्लब पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मोरङको सुकचरमा भएको पहिलो क्वाटरफाइनल खेलमा चुलाचुलीले उदयपुरको मलिथम फुटबल क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
जितका लागि युबराज थापाले खेलको ५ औं मिनेटमा र आकाश राईले ५० औं मिनेटमा गोल गरेका थिए। मलिथमका लागि मिङ्सो लिम्बूले २८ औं मिनेटमा गोल फर्काएका थिए।
चुलाचुलीका युबराज थापा ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे।
कार्यक्रमको उद्घाटन बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले गरेका थिए।
प्रतियोगिताअन्तर्गत असोज ११ गते हुने दोस्रो क्वाटरफाइनलमा पूर्वाञ्चल युनाइटेड क्लब हरैचा, मोरङ र विराटनगर सिटी फुटबल क्लब आमनेसामने हुनेछन्।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा