News
सिक्किममा नेपाल र भारतको भेट तय
काठमाडौं । दक्षिण एसियाली फुटबलका दुई चिरप्रतिद्वन्द्वी नेपाल र भारतको राष्ट्रिय महिला फुटबल टोली फेरि अन्तर्राष्ट्रिय फुटबलमा आमने सामने हुने भएका छन ।
एन्फाले आधिकारिक रुपमा जनाए अनुसार नेपालले भारतसँग आउँदो अक्टुबर २६ तारीख (कार्तिक ९ गते) का दिन सिक्किममा खेल्ने तय भएको हो ।
नेपाल र भारत एएफसी महिला एसियन कप छनौट प्रतियोगितापछि पहिलोपटक आमने सामने हुन लागेका हुन् । स्मरण रहोस, भारत भने एएफसी महिला एसियन कपका लागि छनौट भईसकेको छ । नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा