News
नवलपरासी ३७औं झरना रनिङ शिल्डको सेमिफाइनलमा
कुञ्जलापुर । नवलपरासी–११ रुपन्देहीमा जारी ३७औं झरना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न क्वाटरफाइनलतर्फ नवलपरासीले आयोजक झरना स्पोर्टस क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । नवलपरासीको जितमा पुर्ण बहादुर गुरुङ र मनिष थारुले गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्नका बावजुद गोल गर्न नसक्दा घरेलु टोली झरना स्तब्ध बन्न पुग्यो । खेलमा नवलपरासीका गोलरक्षक माधव तिवारीले पनि दर्शनीय खेल प्रदर्शन गर्दै विपक्षी टोलीको गोल आक्रमणलाई तिस्तेज पारेका थिए ।
झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ८१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने