News भोजपुर अन्तरविद्यालय यु-१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता सम्पन्न
गोलनेपाल

भोजपुर । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा अन्तरविद्यालय यु-१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

छात्र तर्फ मुनामदन स्मृति विद्यालयले पब्लिक एकेडेमीलाई फाइनलमा हराउँदै उपाधि जित्यो। निर्धारित समयमा खेल २-२ गोलको बराबरीमा सकिएको थियो भने टाइब्रेकमार्फत मुनामदन विजयी बनेको हो ।

छात्रा तर्फ सिद्धकली माध्यमिक विद्यालयले बाल विकास माविलाई ३-० ले हराउँदै उपाधि हात पारेको हो ।

विजेता टिमले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्रमा सीमित भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुमतिमा आयोजित प्रतियोगितामा १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

Post Comments