काठमाडौं । रोजगारीको शिलशिलामा माल्टा पुगेका प्रवासी नेपालीहरुद्वारा स्थापित खुकुरी फुटबल क्लब, माल्टाको आयोजनामा दोस्रो खुकुरी कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मोस्टा फुटबल मैदानमा यही सेप्टेम्बर २० तारीखमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५१ युरो तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २०५१ युरो हात पार्नेछ भने उपविजेताले १२५१ युरोसहित ट्रफी, मेडल प्राप्त गर्ने खेल संयोजक सुमन लिम्बुले जानकारी दिए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आउँदै गरेको नेपालीहरुको महान चाड दशैं र तिहारको अवसर पारी परदेशमा रहेका प्रवासी नेपालीहरुबीच फुटबलको माध्यमबाट रमाईलो मनोरञ्जन, भाईचारा र एकता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष हरि रिमालले बताए ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
हेर्नुहोस प्रतियोगिताबारे विस्तृत पत्रः
