News नेपाली यु–२३ फुटबल टोली ताजिकिस्तान मै रोकिए
गोलनेपाल

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता खेल्न ताजिकिस्तान पुगेका नेपाली यु–२३ फुटबल टोली ताजिकिस्तान मै रोकिएका छन् ।

निकट स्रोतका अनुसार नेपाली टोली दुबई ट्रान्जिट हुँदै आउने कार्यक्रम रहेको तथा दुबईको विमानस्थल हाल नेपाल फर्कने यात्रीहरुका कारण अत्याधिक भिड रहेकाले नेपाली टोलीको फ्लाईट पूनःनिर्धारण गरिएको बताइएको छ ।

साथै नेपाली यु–२३ फुटबल टोली शुक्रबार बिहान ४ बजेको फ्लाईटमा नेपालतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको समेत स्रोतले जनाएको छ ।

स्मरण रहोस, एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह के मा रहेको नेपालले एउटै खेल नतिजी स्वदेश फर्किन लागेको हो । नेपालले आफ्नो समूहमा आयोजक ताजिकिस्तानसँग ४–०, सिरियासँग ४–२ र फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो ।

File Photo (ANFA)

Post Comments