काठमाडौं । फिफा अन्तर्राष्ट्रिय विन्डोतर्फ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शनिबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशको सामना गर्दैछ । मैत्रीपूर्ण खेल भए तापनि दुवै टोलीको लक्ष्य जित नै छ । नेपाल र बंगलादेश दुवैले यौ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई एएफसी एसियन कप छनौटको तयारी खेलका रुपमा समेत लिएको छ ।
नेपाल र बंगलादेश अन्तिमपटक सन् २०२२ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच मै आमने सामने भएका थिए । त्यतिबेला नेपालले नतिजा ३–१ ले आफ्नो पक्षमा पारेको थियो । नेपालले बंगलादेश विरुद्ध खेलेको कुल २४ खेलमध्ये ८ मा जित, ३ मा बराबरी र १३ खेलमा हार बेहोरेको छ ।
यद्यपि नेपाललाई यसपटक घरेलु मैदानमा घरेलु समर्थकहरुबा बीच आज बेलुका ५ः३० बजेदेखि शुरु हुने खेलमा बंगलादेश विरुद्ध अन्तिमपटक हात पारेको प्रभावशाली जित दोहोर्याउने अवसर पनि हुनेछ । नेपालले बंगलादेश विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल यही सेप्टेम्बर ९ तारीखका दिन खेल्ने कार्यक्रम समेत छ ।
उता एन्फाका अनुसार नेपाल र बंगलादेश बीचको खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्नेछ । यसपटक टिकटीङ अधिकार एन्फाले आफ्नै स्वामित्वमा लिएको छ । साथै टिकटदर सामान्यतर्फ ५०० र भिआइपीतर्फ १००० तोकिएको छ । दुई खेलहरु सम्पन्न गर्न करिब १,२७,५८,१६८ रुपैयाँ खर्च हुने एन्फाले अनुमान समेत गरेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)