News
नेपाल विरुद्ध बंगलादेशः मिति, डिजिटल अधिकार, प्रसारण अधिकार, टिकट मुल्य र कुल खर्चबारे जान्नुहोस
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीबीच यही सेप्टेम्बर ६ र ९ तारिखमा दशरथ रङ्गशालामा FIFA International Window मा फुटबल खेलहरु हुँदैछ।
यस खेलहरूका लागि एन्फाले तीव्ररूपमा तयारी अगाडि बढाएको छ। प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार AD Release Pvt Ltd लाई प्रदान गरिएको छ भने खेलको प्रत्यक्ष प्रसारण Action Sports HD बाट गरिनेछ।
दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ। टिकट दर भिआइपी पारापिट तर्फ रु १००० र सामान्य पारापिट तर्फ रु ५०० टिकट दर निर्धारण गरिएको छ।
बङ्गलादेशको राष्ट्रिय टोली सेप्टेम्बर ३ तारिखमा नेपाल आइपुग्ने पनि जानकारी गराउँदछु। टोलीलाई अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल रङ्गशालाको मैदानमा व्यवस्था गरिएको छ।
यस खेलहरूको अनुमानित बजेट रु १,२७,५८,१६८ (९३८१० अमेरिकी डलर) रहेको छ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)