News
१०औं बुढानिलकण्ठ नगरकप असोज पहिलो सातादेखि
बुढानिलकण्ठ । बुढानिलकण्ठ युवा समाजको आयोजनामा हुन लागेको १०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता आगामी २०८२ साल असोज ४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता बुढानिलकण्ठ ५ स्थित बुढानिलकण्ठ स्कुलको खेलमैदानमा आयोजना हुनेछ।
प्रतियोगितामा बुढानिलकण्ठ नगरपालिका भित्र रहेका विभिन्न क्लब तथा टोलीहरूको सहभागिता रहने समाजले जनाएको छ। खेललाई सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्षले जानकारी दिएका छन्।
नगरकपको उद्देश्य स्थानीय स्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान र खेलमैत्री वातावरण निर्माण गर्नु रहेको आयोजकले उल्लेख गरेको छ। प्रतियोगिताको बिजेताले नगद २००००० प्राप्त गर्ने नगरकप फुटबल प्रतियोगिता हरेक बर्ष बिजयादशमीको अबसरमा आयोजना हुने गरेको छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि