काठमाडौं । अखिल नेपाल फुटबल संघ (ANFA) र ए डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा यू -१८ युथ लिग सम्बन्धी छलफल सम्पन्न भयो ।
महासचिव किरण राईको नेतृत्वमा भएको छलफलमा लिग २०८२ मंसिर ३ गतेदेखि सुरु गर्ने सहमति भएको छ। सहभागी टोलीहरूलाई तयारी खर्च स्वरूप प्रति टिम रु. ३ लाख ५० हजार प्रदान गरिनेछ।
सोही अनुसार प्रतियोगिताका लागि टिम दर्ता असोज १० गतेभित्र, न्यूनतम खेलाडी दर्ता कार्तिक २४ गतेसम्म सक्नुपर्नेछ। साथै कार्तिक २५ गते FIFA Connect Workshop र Social Media Workshop सञ्चालन गरिनेछ भने कार्तिक २६ गते प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिनेछ।
छलफलमा एन्फा महासचिव राई लगायत केन्द्रीय सदस्यहरू पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ र मनिष जोशी, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”