काठमाडौं । सबिता राना मगरले ह्याट्रिक गरेपछि राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका, रौतहटले पहिलो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका, उदयपुरलाई ७–१ ले हरायो ।
चन्द्रपुरको जितमा सबिता राना मगर बाहेक दिल कुमारी रानाले दुई गोल गरिन् । त्यस्तै रजनी थोकर र सुनिता भोलनले एक–एक गोल गरिन् । उता पराजित चौदण्डीगढीका लागि अन्जना थुलुङले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् । प्लेयर अफ द म्याच चन्द्रपुरकी ह्याट्रिककर्ता सबिता राना मगर घोषित भएकी थिईन् ।
प्रतियोगिता अन्तरगत मा १३ गते मंगलबार दुई खेलहरु हुँदै । पहिलो खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिका, स्याङ्जासँग खेल्नेछ भने दोस्रो खेलमा दुई दावेदार टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।

(तस्विरः एन्फा)
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न