News
चर्च ब्वाईज र एनआरटीको जित
काठमाडौं । एन्फा महिला लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार चर्च ब्वाईज युनाइटेड क्लब र न्युरोडटिम (एनआरटी) ले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको समूह ए तर्फको खेलमा चर्च ब्वाईजले एफसी रियलेमाथि ६–० को फराकिलो जित हात पार्यो । चर्च ब्वाईजको जितमा सुजाता फालुङवा र आशिका थापाले समान दुई–दुई गोल गरे । त्यस्तै मनिषा तुमरोक र वर्षा ओलीको नाममा एक–एक गोल रह्यो ।
सोमबार नै भएको समूह बी तर्फको खेलमा एनआरटीले नेपाल खेलकुद क्लबमाथि ३–१ को जित निकाल्दै आफ्नो दावेदारीता पेश गर्यो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु छनौट प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । छनौट प्रतियोगिताबाट कुल पाँच टोलीहरु एन्फा महिला लिगका लागि छनौट हुनेछन् ।
Post Comments
Related News