News
इन्टर कलेज फुटसल हुँदै, विजेताले १,११,१११ रुपैयाँ पाउने
काठमाडौं । आर एण्ड बी युनिटीको आयोजनामा आउँदो भदौ ११ देखि १३ गतेसम्म +२ इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।
हाडीगाउँ स्थित धनयन्तरी फुटसलमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 9766528892, 9709029396 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।

Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि