News
एएफसी यु–१७ महिला एसियन कप छनौट खेल्न नेपाली टोली थाइल्याण्ड जाने
काठमाडौं । अर्को बर्ष चीनमा हुने एएफसी यु–१७ महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल समूह एफ मा परेको छ । एएफसीले बिहीबार निलेको ड्र अनुसार नेपाल समूह एफमा परेको हो ।
जहाँ नेपालले आयोजक थाइल्याण्डसँगै तुर्कमेनिस्तानसँग खेल्नेछ । छनौट प्रतियोगिताका खेलहरु आउँदो अक्टुबर १३ देखि १७ तारीखसम्म हुने कार्यक्रम छ ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली अर्को वर्ष चीनमा हुने एएफसी यु–१७ महिला एसियन कपका लागि छनौट हुनेछ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा