News
युथ लिगः मनाङसँग रोकियो पुलिस
काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ दावेदार मध्ये एकका रुपमा रहेको र उत्कृष्ट लयमा समेत रहेको विभागीय टोली नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ ।
बुधबार भएको अन्तिम खेलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यो नतिजाले पुलिस फेरि शिर्ष स्थानमा उक्लिने अवसरबाट बञ्चित भएको छ ।
पाँच खेलबाट १३ अंक जोडेको पुलिस दोस्रो स्थानमा छ । समान अंक भए तापनि गोलभिन्नताका आधारमा मच्छिन्द्र फुटबल क्लबले शिर्ष स्थानमा पकड बनाएको छ । उता मनाङ भने ११ अंकका साथ तेस्रो स्थानमा छ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि